रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
३० पटक हेरिएको
Shares
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते

सारांश

  • रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा  चालकसहित सात जना घाइते भएका छन् ।
  • दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो ।
  • स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

१६ मंसिर, रौतहट ।

रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा  चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो । स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षति पुगेको छ  । बारा आदर्श कोतवाल गाउँपालिका वडा ७ का ३० वर्षीय पवन यादव,  सर्लाही बरहथवा नगरपालिका वडा नं. १४ का ११ वर्षीय अंकित महतो,  गौर नगरपालिका वडा नं. २ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी नगरपालिका वडा नं. ८ का ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, अटो चालक यमुनामाई गाउँपालिका वडा नं. ५ का ३९ वर्षीय मंगल पटेल र अटोमा सवार राजपुर नगरपालिका वडा नं. ३ का १० वर्षीय तारिक वस्ता घाइते भएको डिएसपी बस्यालले बताए। गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने बम नहर चौक नजिक मंगलबार बिहान सवारी दुर्घटना भएको थियो । घाइतेहरुको प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात् डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा