जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
३३ पटक हेरिएको
Shares
जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ

सारांश

  • जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् ।
  • १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन ।

 

१४ पुस, काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन । उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो । सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?