Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

सारांश

  • अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ ।
  • मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
  • आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।

 

२२ फागनु, वासिङटन डीसी । अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ । मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो । आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।

मन्त्रालयले २०१६ देखि २०२३ सम्म एन्क्सुन इन्फरमेसन टेक्नोलोजी कम्पनी लिमिटेड (आइसन) का आठ कर्मचारी र सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीहरूलाई इमेल, सेल फोन, सर्भर र वेबसाइटहरू ह्याक गरेको आरोप लगाएको छ । दसैजना अभियुक्तले धार्मिक संस्था, पत्रकार र सरकारी निकायहरूलाई लक्षित गर्न ह्याकिङको सहारा लिइरहेको कार्यवाहक अमेरिकी वकिल म्याथ्यू पोडोल्स्कीले बताए । अभियुक्तहरूमध्ये दुई जना जनवादी गणतन्त्र चीनका नागरिक हुन् । उनीहरूले चीन सरकारका लागि संवेदनशील जानकारी सङ्कलन गरिरहेको भनिएको छ ।

यसबाहेक केही निजी ह्याकरहरूलाई चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र राज्य सुरक्षाले पनि डेटा ह्याक गर्न भुक्तानी गरेको पनि बताइएको छ ।  ह्याकरहरूले सट्टेबाजी मार्फत पीडितहरूलाई लक्षित गरेको मुद्दामा भनिएको छ । पहिले आरोपीहरूले कमजोर नेटवर्क भएका कम्प्युटरहरू पहिचान गरे । यसपछि ह्याक गरिएको जानकारी चिनियाँ सरकारलाई बेचे । कम्पनीले प्रत्येक इमेल इनबक्स ह्याक गरेबापत मन्त्रालयसँग १० हजारदेखि ७५ हजार डलरसम्म पैसा लिएको बताइएको छ । दशै जना अभियुक्त फरार रहेको र यिनीहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा विदेश मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन सांसद शाहीको माग
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन सांसद शाहीको माग
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह