अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
२९ पटक हेरिएको
Shares
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

सारांश

  • अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ ।
  • मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
  • आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।

२२ फागनु, वासिङटन डीसी । अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ । मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो । आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।

मन्त्रालयले २०१६ देखि २०२३ सम्म एन्क्सुन इन्फरमेसन टेक्नोलोजी कम्पनी लिमिटेड (आइसन) का आठ कर्मचारी र सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीहरूलाई इमेल, सेल फोन, सर्भर र वेबसाइटहरू ह्याक गरेको आरोप लगाएको छ । दसैजना अभियुक्तले धार्मिक संस्था, पत्रकार र सरकारी निकायहरूलाई लक्षित गर्न ह्याकिङको सहारा लिइरहेको कार्यवाहक अमेरिकी वकिल म्याथ्यू पोडोल्स्कीले बताए । अभियुक्तहरूमध्ये दुई जना जनवादी गणतन्त्र चीनका नागरिक हुन् । उनीहरूले चीन सरकारका लागि संवेदनशील जानकारी सङ्कलन गरिरहेको भनिएको छ ।

यसबाहेक केही निजी ह्याकरहरूलाई चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र राज्य सुरक्षाले पनि डेटा ह्याक गर्न भुक्तानी गरेको पनि बताइएको छ ।  ह्याकरहरूले सट्टेबाजी मार्फत पीडितहरूलाई लक्षित गरेको मुद्दामा भनिएको छ । पहिले आरोपीहरूले कमजोर नेटवर्क भएका कम्प्युटरहरू पहिचान गरे । यसपछि ह्याक गरिएको जानकारी चिनियाँ सरकारलाई बेचे । कम्पनीले प्रत्येक इमेल इनबक्स ह्याक गरेबापत मन्त्रालयसँग १० हजारदेखि ७५ हजार डलरसम्म पैसा लिएको बताइएको छ । दशै जना अभियुक्त फरार रहेको र यिनीहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा विदेश मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
५२ संवैधानिक पदाधिकारीविरुद्ध मुद्दा : २८ जेठमा फैसला आउने
५२ संवैधानिक पदाधिकारीविरुद्ध मुद्दा : २८ जेठमा फैसला आउने