विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

सारांश

  • बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
  • शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
  • बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

१९ असोज, मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र ४५ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री लामिछानेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरहराबाट एनपीएलको ट्रफी अनावरण
धरहराबाट एनपीएलको ट्रफी अनावरण
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
अब धरहराबाट हेर्न पाइन्छ काठमाडौं
अब धरहराबाट हेर्न पाइन्छ काठमाडौं
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
मधेशमा डिपबोरिङ जडान सुरु
मधेशमा डिपबोरिङ जडान सुरु
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय