Press 4K
बुधबार, २१ आश्विन २०८३

एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
४० पटक हेरिएको
Shares
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

सारांश

  • नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।
  • बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।
  • उनले भने, ‘अन्य कयाँ  प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजेपनि, जतिसुकै आक्रमणको निशानामा पारे पनि हामी अविचलित ढङगबाट अगाडी बढ्छौ ।

२ पुष , काठमाडौं ।

नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।
बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए । उनले भने, ‘अन्य कयाँ  प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजेपनि, जतिसुकै आक्रमणको निशानामा पारे पनि हामी अविचलित ढङगबाट अगाडी बढ्छौ ।’

जतिसुकै एक्ल्याउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि एमाले आफ्नो मूल मार्गबाट विचलित नहुने उनले स्पष्ट गरे ।
एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी निर्माण गरिन्छ भन्नेहरूका सपना कहिल्यै पूरा नहुने बर्तौलाको दाबी छ । एमालेले आन्तरिक लोकतान्त्रिक प्रक्रिया आरम्भ गर्नेबित्तिकै प्रतिस्पर्धाको प्रक्रिया सुरु हुने र त्यसलाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने उनले बताए । उनका अनुसार आन्तरिक प्रतिस्पर्धा एमालेको नियमित र स्वाभाविक राजनीतिक प्रक्रिया हो। ‘एमाले फुटोस्, एमालेबाट मानिस आइदियोस् त्यस आधारबाट पार्टी बनाउँछु भन्नेहरुको सपना कहिले पुरा हुँदैन । एमालेले आन्तरिक लोकत्रन्त्रको प्रक्रिया आरम्भ गर्ने बित्तिकै प्रतिस्पर्धाको प्रक्रिया आरम्भ हुने बित्तिकै अब पार्टी फुट्छ भन्नेहरु निराश हुनेछन् । एमालेको यो नियमित प्रक्रिया हो,’ उनले भने ।

जनताको बहुदलीय जनवादको कार्यनीति अवलम्बन गर्दै प्रतिस्पर्धामार्फत उत्तम नेतृत्व चयन गर्ने एमालेको अभ्यास पुरानै रहेको उनले उल्लेख गरे। ‘नेकपा एमाले जनवादको कार्यनीतिलाई स्विकार गरेर प्रतिस्पर्धाको बाटो श्रेष्ठ आसन गर्ने पार्टी भएकाले यो नियमित र सामान्य राजनीतिक प्रक्रियाहरु हो । निर्वाचन भनेको जो जित्नुहुन्छ, नेतृत्व गर्नुहुन्छ पराजित हुनेहरुलाई पनि साथमा लिएर सबैलाई एकतावद्ध ढङगबाट पार्टी अगाडी बढाउने कुरा हाम्रो नियमित प्रक्रिया हो,’ उनले भने । यस्तै अर्का नेता महेश बस्नेतले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियाअन्तर्गत भएको चुनावमा विजयी भएका सदस्यहरूले सम्बन्धित जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको बताए । पराजित भएका सदस्यहरूलाई पनि पार्टीभित्र कुनै आग्रह बिना, क्षमताअनुसार जिम्मेवारी दिई समावेश गरिने उनले बताए । उनले भने, ‘चुनाव भनेको लोकतान्त्रिक प्रक्रिया हो जित्ने साथिहरुले सम्मन्धित जिम्मेवारीमा काम गर्नुहुन्छ । जो साथिहरु पराजित हुनुहुन्छ उहाँहरु पार्टीका कहि न कही जिम्मेवार बनाएर लान्छौ ।’

उनका अनुसार पार्टीमा साधारण सदस्यता र संगठनात्मक सदस्यता गरि दुई प्रकारका छन् भने संगठनात्मक सदस्यता लिएका सदस्यहरू संगठनसँग कुनै न कुनै रूपमा आबद्ध हुने गर्छन् । नेता बस्नेतका अनुसार पराजित भएका साथीहरूलाई पनि उचित जिम्मेवारी प्रदान गरी सक्रिय राख्ने यो अभ्यास जारी रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना
हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज हुदै
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज हुदै
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान
कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट
कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...