मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

सारांश

  • मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
  • उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
  • आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

२९ मंसिर, जनकपुरधाम ।

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।

गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए।  उनले तीन दलबाट तीनजना मन्त्री समेत नियुक्त गरेका थिए। जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादवलाई अर्थमन्त्री बनेका थिए । काङ्ग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए । सात दलीय गठबन्धनमा भागबण्डा नमिल्दा दुईजना मन्त्री अहिलेसम्म बिना विभागीय छन् । आज दुवै विनाविभागीय मन्त्रीसहित अन्य दलबाट समेत प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री यादवले गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ