वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ

सारांश

  • वीरगन्जको दशगज्जा क्षेत्रबाट बुधबार एक थान नलकटुवा पेस्तोल सहित सशस्त्र प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।
  • वीरगन्ज महानगरपालिका–१९ इनर्वामा पर्ने दशगज्जा क्षेत्रबाट हतियार सहित पक्राउ परेका युवामध्ये बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगन्ज महानगरपालिका–५ कुम्हाल टोलका २२ वर्षीय सुमित कुमार मण्डल रहेका छन् ।
  • सशस्त्र प्रहरी नेपाल प्रस्तावित सुरक्षा गुल्म र भारतीय सिमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले नेपाल–भारत सीमाको पिलर नं.

१९ कात्तिक, वीरगन्ज ।

वीरगन्जको दशगज्जा क्षेत्रबाट बुधबार एक थान नलकटुवा पेस्तोल सहित सशस्त्र प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१९ इनर्वामा पर्ने दशगज्जा क्षेत्रबाट हतियार सहित पक्राउ परेका युवामध्ये बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगन्ज महानगरपालिका–५ कुम्हाल टोलका २२ वर्षीय सुमित कुमार मण्डल रहेका छन् ।

सशस्त्र प्रहरी नेपाल प्रस्तावित सुरक्षा गुल्म र भारतीय सिमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले नेपाल–भारत सीमाको पिलर नं. ३९०–२२ नजिकै नेपालतर्फ नसालु पदार्थ सेवन गरिरहेका कलवार र मण्डललाई हतियारसहित पक्राउ गरेको सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीले जानकारी दिए । डीएसपी भण्डारीका अनुसार नियमित गस्तीको क्रममा सिर्सिया खोलाको रीतबाट दक्षिणतर्फ जाँदै गर्दा झ्याँगमा बसिरहेका कलवार र मण्डललाई देखी जाँच गर्दा नजिकै रहेको प्लास्टिकको बोराबाट नलकटुवा पेस्तोल बरामद गरिएको हो । आवश्यक अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

पक्राउ परेका कलवारको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ भने मण्डल र बरामद गरिएको हतियारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको डीएसपी भण्डारीले जानकारी दिए । हतियारसहित पक्राउ परेका मण्डलले बरामद भएको हतियार आफूहरुको नभएको दाबी गरेका छन् । सिर्सिया खोलाको किनारमा रहेको दशगज्जा क्षेत्रको झ्याँगमा बसेर लागुपदार्थ सेवन गरिरहेका बेला प्रहरी आएर नजिकैको बोराबाट हतियार बरामद गरेको र त्यस हतियार आफूमाथि झूटो आरोप लगाइएको दाबी मण्डलले सञ्चारकर्मीहरूसँग गरे । बरामद गरिएको हतियार र पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ भने कलवारको उपचार नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद
सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते
मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर