भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा

सारांश

  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले निलो रिबन लगाएर विरोध प्रदर्शन गरेका छन्।
  • भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाउँदै रास्वपाले यस विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने मागसहित निरन्तर सदन अवरोध गर्दै आएको छ।
  • प्रतिनिधि सभाको आजको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअगाडि निलो रिबनसहित सामूहिक तस्बिर खिचाएका थिए।

३ असार, काठमाडौं ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले निलो रिबन लगाएर विरोध प्रदर्शन गरेका छन्। भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाउँदै रास्वपाले यस विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने मागसहित निरन्तर सदन अवरोध गर्दै आएको छ।

प्रतिनिधि सभाको आजको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअगाडि निलो रिबनसहित सामूहिक तस्बिर खिचाएका थिए। पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालले उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दै ‘आन्दोलन जारी छ’ उल्लेख गरेका छन्। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा निलो रिबनले प्रतीकका रूपमा जनाउने भएकाले सांसदहरूले संघीय सदनमा निलो रिबन लगाएर मानव तस्करीको विरोध जनाएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
जरिबाना नतिर्ने दलले चुनाव लड्न पाएन
जरिबाना नतिर्ने दलले चुनाव लड्न पाएन