सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
३३८ पटक हेरिएको
Shares
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताएका छन् ।
  • बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।
  •   मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताए ।

२१ जेठ, काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।  मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताए । उनले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरूलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताए । विकास साझेदारहरूसँग साझेदारीलाई सुदृढ पार्नु, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नु र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने काममा सरकार लागि परेको मन्त्री खनालको भनाइ थियो ।

उनले भने, ‘हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । सरकार एआईएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ ।’ मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक सङ्घ, संस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासहरूलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरूले काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ