सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
७९ पटक हेरिएको
Shares
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताएका छन् ।
  • बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।
  •   मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताए ।

२१ जेठ, काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।  मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताए । उनले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरूलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताए । विकास साझेदारहरूसँग साझेदारीलाई सुदृढ पार्नु, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नु र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने काममा सरकार लागि परेको मन्त्री खनालको भनाइ थियो ।

उनले भने, ‘हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । सरकार एआईएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ ।’ मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक सङ्घ, संस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासहरूलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरूले काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल
बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक