सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३० पटक हेरिएको
Shares
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ

सारांश

  • सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृत्यु भएपछि झगडामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
  • हत्या आरोपमा प्रहरीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ का २६ वर्षीय रघु कुलुङ राईलाई पक्राउ गरेको हो।
  •   प्रदेश प्रहरीका अनुसार यही जेठ १४ गते  सामान्य वादविवादका क्रममा रघुले स्थानीय ४० वर्षीय प्रेमकुमार कुलुङ राईलाई बाँसको भाटा र लाठीले हानेर गम्भीर घाइते बनाएका थिए।

१७ जेठ, सोलुखुम्बु ।

सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृत्यु भएपछि झगडामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ का २६ वर्षीय रघु कुलुङ राईलाई पक्राउ गरेको हो।  प्रदेश प्रहरीका अनुसार यही जेठ १४ गते  सामान्य वादविवादका क्रममा रघुले स्थानीय ४० वर्षीय प्रेमकुमार कुलुङ राईलाई बाँसको भाटा र लाठीले हानेर गम्भीर घाइते बनाएका थिए।

महाकुलुङ आधारभूत अस्पताल बुङमामा उपचारका क्रममा जेठ १६ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?