मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २०, २०८०
|
|
१२ पटक हेरिएको
Shares
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन

सारांश

  • काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै  ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ ।
  • कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो ।
  • विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको ‘प्रेस्किप्सन’बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले आगामी दश दिनभित्रमा सबै औषधिपसललाई मापदण्डमा आउन निर्देशन गरिएको छ ।

२०  मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै  ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ ।

कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो । विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको ‘प्रेस्किप्सन’बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले आगामी दश दिनभित्रमा सबै औषधिपसललाई मापदण्डमा आउन निर्देशन गरिएको छ ।’ तोकिएको समयसीमापछि पनि ‘यस्ता लापरबाही देखिए, भेटिए वा सुधारको सङ्केत देखिएन भने गलत गर्नेलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको कारबाही  गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए । विभागले औषधि पसलको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटी देखिएका छन् । स्वास्थ्य विभागका प्रमुख पौडेल भने, ‘अभिलेख नराख्ने, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिने, गुड फार्मेसी प्राक्टिस (जिपिपी) अनुसार औषधि पसल व्यवस्थापन नगर्ने आम समस्या हुन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
१० निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
१० निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
भरुवा बन्दुकसहित एक जना पक्राउ
भरुवा बन्दुकसहित एक जना पक्राउ