बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
४४ पटक हेरिएको
Shares
बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश

सारांश

  • नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको प्रकरणका फरार आरोपी गणेशभक्त श्रेष्ठ अदालत हाजिर भएका छन् ।
  • प्रहरीले प्रतिवादी बनाएर २७ वैशाख २०८१ मा मुद्दा दायर गरेकामध्येका श्रेष्ठ सोमबार हाजिर भएका हुन् ।
  • जिल्ला अदालत, काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

९ असार, काठमाडौं ।

नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको प्रकरणका फरार आरोपी गणेशभक्त श्रेष्ठ अदालत हाजिर भएका छन् । प्रहरीले प्रतिवादी बनाएर २७ वैशाख २०८१ मा मुद्दा दायर गरेकामध्येका श्रेष्ठ सोमबार हाजिर भएका हुन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

रेग्मी बालमन्दिरका पूर्वमहासचिव हुन् । चलनचल्तीभन्दा कम दरमा भाडामा दिएर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि अनुसन्धान गरेको सीआईबीले बालमन्दिरकी पूर्वअध्यक्ष रीतासिंह वैद्यसहितका पदाधिकारीहरुविरुद्ध पक्राउ पूर्जी लिएर अनुसन्धान गरेको थियो । प्रहरीले वृहस्पति विद्या सदनका अधिकारीहरुलाई समेत प्रतिवादी बनाएको थियो । अनुसन्धानका क्रममा पदाधिकारीहरुले सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुन: थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको समेत भेटिएको थियो ।

नक्सालमा बाल संगठनको नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा छ । त्यसमध्ये २८ रोपनी ५ आना १ पैसा जग्गा नेपाल बाल संगठनले बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) लाई भाडामा दिने सम्झौता गरेको थियो । बृहस्पतिलाई जग्गा भाडामा दिन २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा गरी पाँच पटकसम्म सम्झौता भएको थियो । यो प्रकरण सतहमा आएपछि सम्झौता रद्द भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?