भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी

सारांश

  •   २०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ ।
  • भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ ।
  • बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् ।

१४ जेठ, काठमाडौं। 

२०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ । भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ । बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको

उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् । उक्त कार्यक्रमको चटारो सकिनासाथ अर्कोखाले सुरक्षा तैनाथीमा नेपाल प्रहरी जुट्दैछ । अपराह्न संयुक्त सदनको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट भाषण हुँदैछ । यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, जिल्ला सुरक्षा समितिले आज बेलुकीसम्म तयार पार्ने सुरक्षा योजनाबमोजिम कति र कस्तो जनशक्ति कहाँ तैनाथ गर्ने भन्ने कुराको टुंगो लाग्छ । तर, विशिष्ट व्यक्तिको आवतजावतलाई मध्यनजर गर्दै हालसम्म टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने गणतन्त्र दिवस समारोह र

संसदमा बजेट भाषण प्रस्तुत गरिने नयाँ बानेश्वरस्थित संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । हालसम्म ती दुई स्थानलाई प्रहरीले उच्च सतर्कतास्थल तय गरेको प्रवक्ता थापाले बताए । यद्यपि, विभिन्न राजनीतिक दलले आयोजना गर्ने कार्यक्रमका निम्ति पनि प्रहरीको उत्तिकै सतर्क रहेको उनले बताए । दलहरूको कार्यक्रम लक्षित सुरक्षा योजना जिल्ला सुरक्षा समितिले बनाउने कारण अहिल्यै प्रहरीले यो यो ठाउँमा, यति यति संख्या भनेर तैनाथी योजना बनाइनसकेको उनको भनाइ छ ।‘कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य हुँदैन’, थापाले भने, ‘त्यसका निम्ति सम्पूर्ण स्रोत र साधनसहित हामी स्ट्याण्डबाई छौं ।’ जिल्ला सुरक्षा समितिले हालसम्म एमालेको गणतन्त्र उत्सव मनाउनका निम्ति भृकुटीमण्डप क्षेत्रलाई अनुमति दिएको छ ।

तर, राप्रपाले गर्ने भनेको प्रदर्शनका लागि हालसम्म स्थान अनुमति दिइएको छैन । जिल्ला सुरक्षा समितिले तय गर्ने राप्रपाको प्रदर्शनस्थल टुंगो लागेपछि प्रहरी परिचालनका थप योजना बन्ने उनले बताए । भोलिको प्रदर्शनका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सम्पूर्ण प्रहरी युनिट स्ट्याण्डबाई राखिएको छ । त्यसअन्तर्गत तीनवटै जिल्ला प्रहरी कार्यालय, चार किसिमका गण र विभिन्न गुल्मका प्रहरी रहेका छन् । ती सबै युनिटमा ३ हजार जनशक्ति रहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार अहिलेसम्म राष्ट्रपतिलाई शितल निवासबाट टुँडिखेल लैजाने सवारी योजनामात्रै बनेको छ । बाँकी योजना केही समयपछि बस्ने जिल्ला सुरक्षा समितिको बैठकपछि आउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प
बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग