मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

सारांश

  • चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।
  • इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।
  • घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

२० असोज, चितवन । चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो । घाइते यात्रु बसका हुन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ । दुवै सवारी आफ्नो गन्तब्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन
सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ
हिमपात र चिसो छल्न बेँसीतिर झर्दै भेडीगोठ
हिमपात र चिसो छल्न बेँसीतिर झर्दै भेडीगोठ
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
फेसबुक, ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री
फेसबुक, ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री