Press 4K
मंगलबार, ८ बैशाख २०८३

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१५४ पटक हेरिएको
Shares
रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

सारांश

  • रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं.

 

८ वैशाख,रौतहट ।

रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो ।

सोमबार साँझ करिब ६:३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलका साथै उनको साथबाट एउटा ओप्पो कम्पनीको मोबाइल र दुई वटा भारतीय सिम कार्ड समेत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार, पक्राउ परेका दासमाथि थप अनुसन्धान कार्य भइरहेको छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध हतियारको ओसारपसार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...