पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३० पटक हेरिएको
Shares
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ

सारांश

  • मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप’ राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आज उनले पोखरा खेलकुदको केन्द्र बन्ने प्रशस्त सम्भावना रहेकाले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिने बताए ।
  • उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष सरकारकोतर्फबाट बजेट व्यवस्था गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो ।
  • ‘यस वर्ष क्रिकेट मैदानका लागि सक्दो बजेट विनियोजन हुन्छ, खेलकुद मन्त्रालयबाट प्रस्ताव आउला, त्यसमा मेरो जोड रहनेछ,’ सञ्चारमन्त्री गुरुङले भने ।

२३, चैत,  कास्की —

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप’ राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आज उनले पोखरा खेलकुदको केन्द्र बन्ने प्रशस्त सम्भावना रहेकाले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिने बताए ।

उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष सरकारकोतर्फबाट बजेट व्यवस्था गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । ‘यस वर्ष क्रिकेट मैदानका लागि सक्दो बजेट विनियोजन हुन्छ, खेलकुद मन्त्रालयबाट प्रस्ताव आउला, त्यसमा मेरो जोड रहनेछ,’ सञ्चारमन्त्री गुरुङले भने । पोखरामा क्रिकेट, फुटबल जस्ता खेलका लागि ठूला पूर्वाधार निर्माण आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘पोखरा जस्तो सुन्दर ठाउँमा अन्तरराष्ट्रियस्तरका रंगशाला बनाउनु पर्दछ । कूटनीतिक कारणले खेल पूर्वाधार महत्वपूर्ण छ । केही देशका लागि पोखरा सन्तुलित स्थान समेत बन्न सक्छ ।’ उनले प्रतियोगितामा भाग लिन आउने खेलाडी, क्लब, प्रशिक्षक, रेफ्रीलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिताबाट उम्दा र क्षमतावान् खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याटरले जनही १० हजार र ‘प्लेयर अफ द म्याच’ले पाँच हजार रुपैयाँ प्राप्त गर्ने एकेडेमीले जनाएको छ । एकेडेमीका संरक्षकसमेत रहेका प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका नाममा प्रतियोगिता हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
दूधको रकम भुक्तानी गर्न माग गर्दै प्रदर्शन
दूधको रकम भुक्तानी गर्न माग गर्दै प्रदर्शन
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै