सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताउनु भएको छ ।
  • आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उदघाटन गर्दै उहाँले लोकतन् प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताउनु भएको हो ।
  • गृहमन्त्री लेखकले भन्नुभयो, “तत्कालिन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ ।

 

१३ चैत, काठमाडाैं ।

गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताउनु भएको छ । आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उदघाटन गर्दै उहाँले लोकतन् प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताउनु भएको हो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “तत्कालिन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न ।” गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उहाँले भन्नुभयो, “केही हुदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो ।

मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो ।”विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बतउदै उहाँले एकतन्त्रीय व्यबस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरंकशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरी त्यही व्यबस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्वहरुले भ्रम फैलाइरुहेका मात्रै हुन्, यो भूम पनि केही दिनमै सकिन्छ ।”

यस्ता भ्रमको खेतीले जनता अब खोला, खोल्छीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको बताउदै उहाँले लोकतन्त्र भएमात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत, जनताको आवाज रहन्छ भन्ने स१चार जगतले पनि बुझेको बताउनुभयो । जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४ सै घण्टा तयारी अबस्थामा रहन निर्देशन दिँदै उहाँले जुद्ध बारुण यन्त्र भक्तपुर गृहमन्त्रालय अन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई दमकलकै नाममा जग्गा ल्याउन लाग्ने उहाँले बताउनुभयो । एकैछिनको ढिलासुस्ती र हेलचेक्रईले जनधनको क्षति हिुन दिन हुदैन भन्दै उहाँले दमकल थप गर्न पालिकाहरुले पनि थप सहयोग गर्नुपर्ने, औल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण
२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
आज प्रतिनिधिसभाको  बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
पूर्वपदाधिकारीहरू महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी
पूर्वपदाधिकारीहरू महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?