२७ अंक बढ्यो सेयर बजार, कारोबार पनि सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
१८७ पटक हेरिएको
Shares
२७ अंक बढ्यो सेयर बजार, कारोबार पनि सुधार

सारांश

  • साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ ।
  • नेप्से परिसूचक २७.
  • ४९ अंक (१.

२५ वैशाख, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन अंक दिनभरको र साताकै अधिकम अंक पनि हो । आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि हिजो पनि नेप्से ६.९४ अंक बढेको थियो । समग्रमा यो साता बजार सम्हालिएको छ । गत साता नेप्से परिसूचक २७३८ अंकमा बन्द भएको थियो ।

कारोबार रकममा पनि केही सुधार आएको छ । बिहीबार जम्मा २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो । २३५ कम्पनीको मूल्य बढेको छ भने जम्मा २६ को घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार स्थिर रह्यो भने अरू सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.६७, विकास बैंक ०.९५, फाइनान्स १.८७, होटल तथा पर्यटन १.४८, हाइड्रोपावर १.७१, लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स ०.१६ तथा अन्य १.१३ प्रतिशत बढे । त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । होटल फरेस्ट इनजको ७.९०, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ६.१२ तथा पियोर इनर्जीको ५.३४ प्रतिशत मूल्य बढ्यो । स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घट्यो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको २.४७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
धनुषामा एक महिलाको विभत्स हत्या
धनुषामा एक महिलाको विभत्स हत्या
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन