जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १, २०८२
|
|
३६ पटक हेरिएको
Shares
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ ।
  • पार्टीले दुइटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ ।
  • पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

१ कात्तिक, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ । पार्टीले दुइटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ । पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । जसपा नेपालले कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ । कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ ।

प्रदेश समितिको उपाध्यक्षमा अनील ठाकुर, हस्तशोधा राई, विष्णुकुमार लावती मुख्यसचिवमा घनश्याम कटुवाल सचिवहरुमा आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली र कोषाध्यक्षमा केशब जवेगू निर्वाचित भएका छन् । त्यसैगरी मधेस प्रदेश समितिको अधिवेशनबाट अध्यक्षमा बालकिशोर प्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र यादव र कोषाध्यक्षमा विष्णु साह निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदाधिकारी र सदस्यहरु निर्वाचित हुने प्रक्रियामा रहेको बताइएको छ। जसपा नेपालको लुम्बिनी प्रदेश समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश समितिले कार्तिक २९ र ३० गते भैरहवामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । जसपा नेपालका बाँकी प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?