रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन

सारांश

  • सहकारीपीडितहरुले रुपन्देही जिल्ला अदालत भैरहवा अगाडि विरोध प्रदर्शन गरेका छन् ।
  • रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मङ्गलबार अदालत अघि विरोध प्रदर्शन गरेका हुन् ।
  • सुप्रिम पीडित सङ्घर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो ।

६ कात्तिक, लुम्बिनी । सहकारीपीडितहरुले रुपन्देही जिल्ला अदालत भैरहवा अगाडि विरोध प्रदर्शन गरेका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मङ्गलबार अदालत अघि विरोध प्रदर्शन गरेका हुन् । सुप्रिम पीडित सङ्घर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भइरहँदा बाहिर पीडितले प्रदर्शन गरेका हुन् । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राईलाई राजनीतिक संरक्षणमा भगाइएको आरोप समेत लगाएका छन् ।

अदालतअघि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालय अघि जान खोज्दा प्रहरीले रोकेको छ । वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरी अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गर्नुभएको थियो । त्यसपछि पीडितले अदालत अघि नै प्रदर्शन गरेका हुन् ।

बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् । उनीहरूले रवि लामिछाने, जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन् । सुप्रिम पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
यस्तो छ, आजको मौसम
यस्तो छ, आजको मौसम
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक