दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ४, २०८३
|
|
७२९ पटक हेरिएको
Shares
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी

सारांश

  • नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकसँग रहेको वारुणयन्त्र (दमकल) संचालनका लागि ईश्वरपुर नगरपालिकाले साझेदारी गरेको छ ।
  • मधेश प्रदेश सरकारले गत वर्ष नेपाली सेनालाई एउटा वारुणयन्त्र प्रदान गरेको थियो ।
  • सो वारुणयन्त्र पाँचकुमारी ब्यारेकमा राखेर यस क्षेत्रमा आगलागी हुँदा परिचालन गर्ने गरिएको छ ।

४ वैशाख, सर्लाही ।

नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकसँग रहेको वारुणयन्त्र (दमकल) संचालनका लागि ईश्वरपुर नगरपालिकाले साझेदारी गरेको छ । मधेश प्रदेश सरकारले गत वर्ष नेपाली सेनालाई एउटा वारुणयन्त्र प्रदान गरेको थियो । सो वारुणयन्त्र पाँचकुमारी ब्यारेकमा राखेर यस क्षेत्रमा आगलागी हुँदा परिचालन गर्ने गरिएको छ ।

चैत २३ गते बसेको जिल्ला विपत् व्यवस्थापन समिति सर्लाहीको बैठकले नेपाली सेनाको ब्यारेकमा नै रहने गरी कालिध्वज गण र ईश्वरपुर नगरपालिकाले आपसी समन्वय र सहकार्यमा वारुणयन्त्र सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । अन्य पालिकालाई आवश्यक परेको खण्डमा ईश्वरपुर नगरपालिकासँग समन्वय गरी बजेट साझेदारीमार्फत सञ्चालन एवं प्रयोगमा ल्याउने उक्त निर्णयमा उल्लेख गरिएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिको निर्णय बमोजिम ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य र कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी उमेश खड्काले आज बयलवासस्थित नगरपालिका कार्यालय परिसरमा वारुणयन्त्र सञ्चालनका लागि साझेदारी गरिएको औपचारिक घोषणा गरेका छन् ।

अब वारुणयन्त्रमा आवश्यक पर्ने इन्धन तथा मर्मत सम्भारका लागि ईश्वरपुर नगरपालिकाले सहयोग गर्नेभएको छ । यसअघि हरिवन नगरपालिकासँग पनि वारुणयन्त्र संचालन गर्न ईश्वरपुर नगरपालिकाले साझेदारी गरेपनि सो दमकल जेनजी आन्दोलनमा जलाइएपछि थन्किएको छ ।

– उज्यालो अभियान

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
वीरगन्जमा एकैदिन १७ बालकको उद्धार
वीरगन्जमा एकैदिन १७ बालकको उद्धार