Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४० पटक हेरिएको
Shares
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा

सारांश

  • सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ ।
  • बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो ।
  • मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मधेस प्रदेशका वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको बताउनु भयो ।

७ साउन, काठमाडौं।

सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मधेस प्रदेशका वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको बताउनु भयो । तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको उहाँको भनाइ छ । खानेपानीको समस्या र सिंचाईको समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘आज संकटग्रस्त घोषणा भएको छ । मधेसको वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव छ ।

सिंचाईको पनि अभाव छ । आकाशको पानी पनि छैन, भूमिगत पानी पनि छैन । आजको मन्त्रीपरिषद्ले तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय द्रुत गतिमा लागेको छ । आकस्मिक बैठक छ । डिप बोरिङ र जनतालाई पानी दिने काम गरिरहेका छौँ । तर यो प्रकृतिको कहर हो, विपद् हो ।’ मन्त्री यादवले सरकारले गरेर मात्रै नहुने भन्दै तीन तहका सरकार र स्थानीय नागरिकहरुको समझदारीमा समस्या समाधान गर्न सकिने बताउनु भयो । बजेटको समस्या नहुने र पानी दिने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान
यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
सरकार सम्झौतामा तयार नहुँदा ३ दिनदेखि निजगढमै  मिटरब्याजपीडित
सरकार सम्झौतामा तयार नहुँदा ३ दिनदेखि निजगढमै मिटरब्याजपीडित
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक