मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा

सारांश

  • सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ ।
  • बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो ।
  • मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मधेस प्रदेशका वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको बताउनु भयो ।

७ साउन, काठमाडौं।

सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मधेस प्रदेशका वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको बताउनु भयो । तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको उहाँको भनाइ छ । खानेपानीको समस्या र सिंचाईको समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘आज संकटग्रस्त घोषणा भएको छ । मधेसको वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव छ ।

सिंचाईको पनि अभाव छ । आकाशको पानी पनि छैन, भूमिगत पानी पनि छैन । आजको मन्त्रीपरिषद्ले तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय द्रुत गतिमा लागेको छ । आकस्मिक बैठक छ । डिप बोरिङ र जनतालाई पानी दिने काम गरिरहेका छौँ । तर यो प्रकृतिको कहर हो, विपद् हो ।’ मन्त्री यादवले सरकारले गरेर मात्रै नहुने भन्दै तीन तहका सरकार र स्थानीय नागरिकहरुको समझदारीमा समस्या समाधान गर्न सकिने बताउनु भयो । बजेटको समस्या नहुने र पानी दिने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?