सरकार सम्झौतामा तयार नहुँदा ३ दिनदेखि निजगढमै मिटरब्याजपीडित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
११६ पटक हेरिएको
Shares
सरकार सम्झौतामा तयार नहुँदा ३ दिनदेखि निजगढमै  मिटरब्याजपीडित

सारांश

  • मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै रोकिएको छ ।
  • सरकारसँग वार्ता जारी रहेकाले पीडितहरू विगत तीन दिनदेखि निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बसिरहेका छन् ।
  •  मंगलबार बिहानदेखि गृहमन्त्री सुधन गुरुङसँग चार चरणमा वार्ता भए पनि ६ बुँदे मागसम्बन्धी मस्यौदामा लिखित सहमति हुन नसक्दा अन्योल कायम छ ।

३२ असार, जनकपुरधाम ।

मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै रोकिएको छ । सरकारसँग वार्ता जारी रहेकाले पीडितहरू विगत तीन दिनदेखि निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बसिरहेका छन् । मंगलबार बिहानदेखि गृहमन्त्री सुधन गुरुङसँग चार चरणमा वार्ता भए पनि ६ बुँदे मागसम्बन्धी मस्यौदामा लिखित सहमति हुन नसक्दा अन्योल कायम छ । मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेका अनुसार बुधबार राति ८:१५ बजेदेखि सरकार र आन्दोलनरत पक्षबीच चौथो चरणको वार्ता तथा संवाद करिब चार घण्टा चलेको थियो तर, वार्ता निष्कर्षमा पुग्न नसकेपछि कुनै सहमति हुन सकेन ।

उनका अनुसार विवादको मुख्य विषय ६ बुँदे सहमति–पत्रको मस्यौदा नै हो । ‘गृहमन्त्रीज्यूले स्वीकार गरिसक्नुभएको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी आधिकारिक वैधानिकता दिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ,’ घिमिरेले भनिन् । जनकपुरधामबाट असार २५ गते काठमाडौं केन्द्रित पैदल न्याय मार्च सुरु गरेका मिटरब्याज पीडितहरूले फर्जी तमसुक तथा लिखत खारेज, मिटरब्याज नियन्त्रणका लागि विशेष कानुन निर्माण, विशेष न्यायिक संयन्त्र गठन तथा विगतका सम्झौताहरू कार्यान्वयनलगायत ६ बुँदे माग अघि सारेका छन् ।

सरकारले समस्या समाधानका लागि गृहमन्त्री गुरुङलाई वार्ताको जिम्मेवारी दिएको छ । उनले यसअघि पीडितहरूको गुनासा सुन्नुका साथै विभिन्न चरणमा वार्ता सञ्चालन गरेका थिए । पीडितहरुका अनुसार उनले आन्दोलन रोकेर वार्ता गर्न काठमाडौं आउन आग्रह गरेका थिए । तर पीडितहरुले संघर्षसँगै वार्तामा बस्ने र लिखित सम्झौतामा हस्ताक्षर नभइ घर नफर्किने अडान लिएका थिए । घिमिरेका अनुसार आज पनि सरकार र आन्दोलनरत पक्षबीच वार्ताको पहल भइरहेको छ । उनले ६ बुँदे मागलाई लिखित रूपमा वैधानिकता नदिइए पैदल न्याय मार्च पुन: काठमाडौंतर्फ अघि बढ्ने र संघर्ष जारी रहने स्पष्ट पारिन् । मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी अध्ययनका लागि गठित विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भने गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने
मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक