समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १३, २०८२
|
|
७९ पटक हेरिएको
Shares
समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ ।
  • निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ ।
  • जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ ।

१३ माघ, काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गरिरहेको छ । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ । उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने भण्डारीको भनाइ छ । प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ । भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई
तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व
नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व