करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै

सारांश

  • मधेश सरकारले विगत वर्षहरू झैं खुद्रे योजना समावेश गरेर बजेट ल्याउने भएको छ ।
  • आज मधेश सरकारले प्रस्तुत गर्न लागेको बजेटमा १० लाखसम्मका पनि योजना समावेश भएको स्रोतले  जानकारी दिएको छ ।
  • जबकी मधेश सरकारले आगामी आर्थक २०८२/०८३ मा एक करोड भन्दा कमका योजना नल्याउने निर्णय गरेको थियो ।

१ असार, जनकपुरधाम ।

मधेश सरकारले विगत वर्षहरू झैं खुद्रे योजना समावेश गरेर बजेट ल्याउने भएको छ । आज मधेश सरकारले प्रस्तुत गर्न लागेको बजेटमा १० लाखसम्मका पनि योजना समावेश भएको स्रोतले  जानकारी दिएको छ । जबकी मधेश सरकारले आगामी आर्थक २०८२/०८३ मा एक करोड भन्दा कमका योजना नल्याउने निर्णय गरेको थियो । २५ चैतमा बसेको मधेश सरकारको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा न्यूनतम सीमा एक करोड भन्दा कमको आयोजना बजेटमा समावेश नगराउने निर्णय गरेको थियो ।

‘आयोजनाको नयूनतम सीमा एक करोड हुने र एक करोडभन्दा कमको आयोजना वा कार्यक्रम वार्षिक कार्यक्रममा समावेश नगराउने’, मधेश प्रदेश नीति तथा योजना आयोगको बोलाएको प्रदेश विकास समाधान समितिको पहिलो बैठकको निर्णयमा उल्लेख छ । सो बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंह, सबै मन्त्रालयका मन्त्री र सचिवसमेत उपस्थित थिए । तर मधेश सरकार आफ्नो अडानबाट फेरि पछि हटेको छ । खुद्रे योजना र उपभोक्ता समितिबाट काम गराउँदा चिठी बिक्री वितरण हुने र सरकार बदनाम हुने भएकाले यी विकृतिलाई निषेध गर्न जनमत नेतृत्वको सतिशकुमार सिंहको सरकारले बजेट ल्याउँदा नै बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुला प्रतिस्पर्धा मार्फत काम गराउने उल्लेख गरेको थियो ।

५० लाख भन्दा कमका योजना नल्याउने भनेर दुई वटा योजनालाई संयुक्त रुपमा एकउटैमा गाँसेर पनि ५० लाख बजेट विनियोजन गर्ने प्रयास गरेको थियो । यद्यपि बजेटमा १० लाखसम्मका पनि योजना समावेश भयो । पछि सरकार आफै पछाडि हटेर संकल्प प्रस्ताव ल्याइ ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट काम गराइरहेको छ । संयुक्त योजनालाई समेत टुक्र्याइरहेको छ । एक अधिकारीका अनुसार, आगामी आर्थिक वर्षको बजेटमा खुद्रे योजना त छदैँछ, एक करोडसम्मका काम पनि उपभोक्ता समितिबाट हुने बाटो खुल्ला छ । जबकी संकल्प उपभोक्ता समितिबाट चालू आर्थिक वर्षमा काम गराउँदा खुल्लेआम मन्त्रीदेखि सांसदसम्मले कमिसनमा योजनाको चिठी बेचेको घटनाहरु सार्वजनिक भइसकेको छ । सदनमा समेत मन्त्री र सांसदहरुले योजना बेचेको एक अर्काको पोल खोलिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
राजेन्द्र लिङ्देन र कमल थापाबीच वार्ता जारी
राजेन्द्र लिङ्देन र कमल थापाबीच वार्ता जारी
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
सरकारका १०० दिनबारे उपेन्द्र यादव : सुशासन र संस्थागत सुधारको प्रयास भएको छ
सरकारका १०० दिनबारे उपेन्द्र यादव : सुशासन र संस्थागत सुधारको प्रयास भएको छ
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्