सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
९७ पटक हेरिएको
Shares
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई

सारांश

  • पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताएका छन् ।
  • मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उनले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताए ।

 

९ जेठ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताएका छन् । मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उनले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताए । उनले परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको स्पष्ट पारे ।

‘नेपालमा हामी सबै समृद्धिको निमित्त जुन चिन्ता गरिरहेका छौं, विभिन्न नाराहरू विभिन्न पार्टी र व्यक्तिहरूले आफ्नै ढंगले लगाउँदै आएका छौं । तर वर्षौदेखि हामी फेरि अल्पविकास गरिबी बेरोजगारी र परनिर्भरताको जुन दुष्चक्रमा फसेका छौं,’ डा. भट्टराईले अघि भने, ‘त्यसबाट निस्कने अनेक प्रयत्न गर्दागर्दै सकिरहेका छैनौं । त्यसले एउटा गम्भीर विमर्शको माग चाहीँ गर्छ । त्यसैले यो पुस्तकको महत्त्वपूर्ण पक्ष पनि विचार विमर्शको माग हो ।’ अबको विकास एशियाली मुलुकहरूतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको डा. भट्टराइको भनाइ थियो ।

‘नेपालले विश्वसँग पदचाप मिलाएर जानसक्यो खासगरी छिमेकका दुई ठूला अर्थतन्त्र भएका मुलुकसँग पदचाप मिलाएर जानसक्यो भने नेपाल पनि गरिबी, बेरोजगारीको जुन दुष्चक्रमा परेका छौं, त्यसभन्दा माथि उठ्नसक्ने सम्भावना बढेको छ,’ भट्टराईले भने, ‘यदी यसैलाई ध्यान दिएर हामी आगाडि जाने हो । तर किन यो भइरहेको छैन भने हामीले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरू त लेख्यौं, इच्ष्टिच्यूटहरू हामी बनाउँदैछौं, चेतना शिक्षा पनि फैलिँदैछ ।’ उनले अबको विकास एसियाली मुलुकहरूतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता रहेको बताए ।

‘अबको विकास एसियाली मुलुकहरुतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैगरी पर्यावरण सन्तुलन कायम गर्नेतर्फ पनि काम गर्नु आजको मुख्य आवश्यकता हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘हिजोको साम्यवादले काम हुँदैन तर नाम जेसुकै नाम दिएपनि वृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । दलका आआफ्ना राजनीतिक प्रतिबद्धता हुन्छन् तर देशको हकमा भने साझा धारणा बनाउनुपर्छ । त्यसले समृद्ध नेपाल बन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
सरकारको तयारी : घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
सरकारको तयारी : घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
राजधानीमा  डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
राजधानीमा डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान