‘नेपालले विश्वसँग पदचाप मिलाएर जानसक्यो खासगरी छिमेकका दुई ठूला अर्थतन्त्र भएका मुलुकसँग पदचाप मिलाएर जानसक्यो भने नेपाल पनि गरिबी, बेरोजगारीको जुन दुष्चक्रमा परेका छौं, त्यसभन्दा माथि उठ्नसक्ने सम्भावना बढेको छ,’ भट्टराईले भने, ‘यदी यसैलाई ध्यान दिएर हामी आगाडि जाने हो । तर किन यो भइरहेको छैन भने हामीले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरू त लेख्यौं, इच्ष्टिच्यूटहरू हामी बनाउँदैछौं, चेतना शिक्षा पनि फैलिँदैछ ।’ उनले अबको विकास एसियाली मुलुकहरूतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता रहेको बताए ।

‘अबको विकास एसियाली मुलुकहरुतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैगरी पर्यावरण सन्तुलन कायम गर्नेतर्फ पनि काम गर्नु आजको मुख्य आवश्यकता हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘हिजोको साम्यवादले काम हुँदैन तर नाम जेसुकै नाम दिएपनि वृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । दलका आआफ्ना राजनीतिक प्रतिबद्धता हुन्छन् तर देशको हकमा भने साझा धारणा बनाउनुपर्छ । त्यसले समृद्ध नेपाल बन्छ ।’





प्रतिक्रिया