एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताएका छन् ।
  • सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् ।
  • अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् ।

२६ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताएका छन् । सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् ।अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्यसलाई राष्ट्रिय स्तरमा अझै बढी जोड दिने, त्यसको अट्र्याक्सन बढाउनुपर्छ,’ उनले भने, ‘एनपीएल गौरवको विषय हो, त्यो खेलिनुपर्छ । एनपीएल अघि बढाउने कुरामा सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु।’

साथै उनले सरकारमा आएपछि राजनीति होइन काम गर्नुपर्ने कुरामा पनि जोड दिए । ‘सरकारमा पोलिटिकल पार्टी नै आउँछन् । पोलिटिकल पार्टीहरू सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो’ उनले भने, ‘खेलको विकास गर्ने हो भने खेललाई अघि बढाउनुपर्छ । त्यहाँ राजनीति गर्ने होइन । पोलिटिक्स भन्दा बाहिर खेलमा ध्यान दिनुपर्छ।’ युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले मन्त्री चौधरीले बनाएको कार्यदलले एनपीएलमा देखिएको विवाद छानिबन गरिरहेको छ । सोही क्रममा राखेपको लेटर हेड प्रयोग भएको र यसमा फरक फरक कार्यदल बनेको भन्ने विवाद पनि बाहिरिएको थियो । त्यसैगरी प्रधानमन्त्री ओलीले कीर्तिपुरमा अहिले बन्दै गरेको रंगशाला सानो देखेर चिन्ता नगर्न पनि आग्रह गरे । ‘कम्तीमा ५० हजारले हेर्नेभन्दा सानो अब रंगशाला हुँदैन । कीर्तिपुरमा अहिले बन्दै गरेको देखेर सानो होला भन्ने नसोच्नुहोला, अर्को चरणमा अझै ठुलो हुनेगरी विस्तार हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक
पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार
मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा