Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ ।
  • आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।
  •   जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

२७ असार, काठमाडौँ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।  जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको. छ।  असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । तर,   बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।  बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।

यसका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ भने उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका १३ जिल्लामै डेंगुको संक्रमण, झापा सबैभन्दा जोखिममा
कोशीका १३ जिल्लामै डेंगुको संक्रमण, झापा सबैभन्दा जोखिममा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर
रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने