असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
४६ पटक हेरिएको
Shares
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त

सारांश

  •   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन्।
  •   सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पन्तले उक्त कुरा बताएका हुन्।
  •   उनले भने, ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षा सम्बन्धी ऐन हामीले प्रतिनिधि सभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ।

३१ जेठ, काठमाडौँ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन्।  सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पन्तले उक्त कुरा बताएका हुन्।  उनले भने, ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षा सम्बन्धी ऐन हामीले प्रतिनिधि सभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ।’ त्यसमा उपसमितिले प्रतिवेदन दिइसकेपछि शिक्षक महासंघले आफ्ना सबै माग नसमेटिएको भन्दै आन्दोलन घोषणा गर्न लागेको तर आफूले सकेसम्म माग पूरा गर्छु भनी आश्वासन दिएको उनले सुनाए।

‘उहाँहरूले मसँग ९ बुँदे त तपाईंसँग भयो, तर ०७५, ०७८, ०८० सालमा गरिएका विभिन्न सम्झौताहरू छन्, ती सम्झौता कार्यान्वयन हुनुपर्छ। ती सम्झौता पनि नेपाल सरकारका मन्त्रीहरूले हस्ताक्षर गर्नुभएको छ। हाम्रो केही माग मात्रै पूरा भएको छ तर हाम्रो उपसमितिले कतिपय कुरा अझ समेट्न सकेन। ती माग पनि सम्बोधन हुनुपर्छ भनेर दबाबको कार्यक्रम घोषणा गर्न थाल्नुभएको थियो’, मन्त्री पन्तले भने, ‘मैले बोलाएर संविधान र ऐन कानुनले मान्ने र देशको बजेटले धान्ने काम गर्छु भनेको छु। ९ बुँदे सम्झौता आउने आर्थिक वर्षदेखि लागु हुन्छ। त्यसको दायित्व ८ अर्ब रुपैयाँ थप दायित्व नेपाल सरकारले बेहोर्छ। त्यसअघिका मागमा पनि छलफल गर्न तयार छु तर अब थप आर्थिक भार पर्ने माग धान्न सकिँदैन। बजेट पनि आइसक्यो। सकेसम्म शिक्षकहरू फेरि सडकमा फर्किएर जान नपरोस् भन्ने अवस्था बनाऊँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य
एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा
भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा
संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन
संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो
कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्न सरकारले गर्‍यो सिफारिस
भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्न सरकारले गर्‍यो सिफारिस
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...