नक्कली प्रहरी बनेर एक लाख असुल्ने दुई पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
१०३ पटक हेरिएको
Shares
नक्कली प्रहरी बनेर एक लाख असुल्ने दुई पक्राउ

सारांश

  • आफूलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै अवैध रूपमा पैसा असुलेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रबीन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।
  • उनीहरूले १६ कात्तिकको राति ९ बजेतिर काठमाडौंको कोटेश्वरस्थित एक होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई डरधम्की दिई पैसा असुलेको आरोप छ।

२८ कात्तिक, काठमाडौं ।

आफूलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै अवैध रूपमा पैसा असुलेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रबीन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् । उनीहरूले १६ कात्तिकको राति ९ बजेतिर काठमाडौंको कोटेश्वरस्थित एक होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई डरधम्की दिई पैसा असुलेको आरोप छ।

दुवैलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई कोइराला र पौडेलले आफूहरू सीआईबीको प्रहरी भएको भन्दै धम्क्याएर ई–सेवामा जनही ५०–५०  हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएका थिए। उनीहरूसँग भएको नगद ६ हजार रुपैयाँ पनि लुटेका थिए। प्रहरीले उनीहरूको साथबाट ११ थान पासपोर्ट, १३ थान आईडी कार्ड, ४ थान विभिन्न कार्यालयका छाप, ३ थान एटीएम कार्ड, नगद रसिदको ठेली ११ थान बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको चीन भ्रमण स्थगित
रवि लामिछानेको चीन भ्रमण स्थगित
तीर्थराज भट्टराईले भिजिट भिसामा २५७ जनालाई सेटिङमा पठाउँदा लिए ७९ लाख ८० हजार घुस
तीर्थराज भट्टराईले भिजिट भिसामा २५७ जनालाई सेटिङमा पठाउँदा लिए ७९ लाख ८० हजार घुस
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
मेलम्ची खानेपानी वितरण बन्द
मेलम्ची खानेपानी वितरण बन्द
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन