एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १८, २०८०
|
|
४० पटक हेरिएको
Shares
एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

सारांश

  •  नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ ।
  • १२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ ।
  • सो समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ ।

१८ भदौ, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ । सो समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ ।

सोमबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने  निर्णय भएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अनुगमन समितिका सदस्यहरुमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह  छन् । समितिमा एकजना विषयविज्ञ भने पछि राखिने खतिवडाले जनाए । बैठकमा महाधिवेशन तयारीबारे विभिन्न छलफल भएपनि कुनै निर्णय भइनसकेको सो पार्टीले जनाएको छ । थप गृहकार्य गरेर एजेण्डासहित अर्को बैठकमा महाधिवेशन तयारीबारे निर्णय गर्ने खतिवडाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध
काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
नेपाल भ्रष्टाचार सूचकाङ्कको १०७ औं स्थानमा
नेपाल भ्रष्टाचार सूचकाङ्कको १०७ औं स्थानमा
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री
पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी
पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी