‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • बैठकको विशेष समयमा दलीय आधारमा उहाँले आगामी आवको बजेटमार्फत जनताका पक्षमा काम गर्न सक्छौँ भन्ने देखाउन सक्नुपर्ने धारणा राख्नुभयो ।
  • उहाँले भन्नुभयो, “प्रधानमन्त्री र अर्थमन्त्रीलाई विशेष आग्रह छ, अब पुरानै ढाँचाको बजेट नल्याउनुहोस्, बजेटमार्फत उत्पादन वृद्धि हुनुपर्‍यो, कृषकले खेतीयोग्य जमिन बाँझो राख्न नपर्ने खालको बजेट ल्याउन जरुरी छ ।
  • ” वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका युवालाई देशभित्रै रोजगारी दिन सक्नेगरी बजेट बनाउनुपर्ने उहाँले बताउनुभयो ।

 

१४ वैशाखः काठमाडौँ, 

राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म र भावनाबमोजिम आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा दलीय आधारमा उहाँले आगामी आवको बजेटमार्फत जनताका पक्षमा काम गर्न सक्छौँ भन्ने देखाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री र अर्थमन्त्रीलाई विशेष आग्रह छ, अब पुरानै ढाँचाको बजेट नल्याउनुहोस्, बजेटमार्फत उत्पादन वृद्धि हुनुपर्‍यो, कृषकले खेतीयोग्य जमिन बाँझो राख्न नपर्ने खालको बजेट ल्याउन जरुरी छ ।” वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका युवालाई देशभित्रै रोजगारी दिन सक्नेगरी बजेट बनाउनुपर्ने उहाँले बताउनुभयो । “हामी २०७२ सालको संविधानसँगै नयाँ राजनीतिक यात्रामा प्रवेश गरेका हौँ । आन्दोलनपछि गणतन्त्रको घोषणासँगै लामो समय लगाएर संविधान जारी गरेका थियौँ । संविधान सबैको साझा दस्तावेज हो, तर हाम्रो मानसिकता सङ्घीताबमोजिम भएको छैन”, सांसद सिटौलाले भन्नुभयो । संविधान नयाँ भए पनि हाम्रो काम गर्ने शैली पुरानै रहेको उहाँको भनाइ छ । उहाँले एकले अर्कालाई आरोप लगाउनेभन्दा पनि सबै मिलेर यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने उहाँले बताउनुभयो । “

लामो समयदेखि शिक्षकहरू सडकमा प्रदर्शनरत छन् । मैले संविधान जारी भएदेखि शिक्षा विधेयकका बारेमा छलफल गर्नुपर्ने भन्दै आएको हुँ, तर अहिलेसम्म पनि ऐन बनाउन सकेका छैनौँ”, सांसद सिटौलाले भन्नुभयो । युवा पलायन रोक्न मुलुकको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै रोजगारीका निम्ति देशभित्रै कलकारखाना र उद्योग सञ्चालन गर्नेगरी बजेट ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधानले दिएका मौलिक अधिकार मात्रै कार्यान्वयन गराउन सकेको खण्डमा जनताका न्यूनतम अधिकार कार्यान्वयन हुने सांसद सिटौलाले उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रमा सबैलाई आफ्ना माग राख्ने अधिकार भएको उल्लेख गर्दै देश विकासका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश
राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
प्रधानमन्त्री कार्कीलाई चीनको बधाई
प्रधानमन्त्री कार्कीलाई चीनको बधाई
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै