लिग २ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
३०२ पटक हेरिएको
Shares
लिग २ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।
  • जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
  • कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।

 

४ जेठ, काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा अलआउट भएको थियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल इंग्लिसले अर्धशतक पूरा गरे । उनी ७२ बलमा ५१ रन बनाए । जर्ज मुन्से २१, फिन्ले म्याकक्रेथ ६, कप्तान रिची बेरिङटन १२, माथ्यु क्रस १, मार्क वाट २०, माइकल लिस्क १, ओलीइ जोन्स २ र ओलीभर डेभिडसन कुनै पनि रन नजोडी आउट भए ।

बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने । लामो समय विकेटविहीन बनेका ललितले स्कटल्याण्डविरुद्ध ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सन्दीपले ओडिबईमा सबैभन्दा छिटो १५० विकेटले मिचेल स्टार्कको कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान बनाए। उनले ७३ खेलमा उक्त उपलब्धी हासिल गरे । सात वर्षअघि स्टार्कले ७७ खेलमा उक्त कीर्तिमान बनाएका थिए । नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

स्कटल्यान्ड विरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल यो जितपछि दुई स्थान फड्को मार्दै पाँचौं स्थानमा उक्लिएको हो । २७ खेल खेलेको नेपालले २२ जोडेको छ । २८ खेल खेलको नामिबिया समान २२ अंकसहित रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ । २४ खेलबाट २१ अंक जोडेको क्यानडा सातौं र २४ खेलबाट १४ अंक जोडेको युएई अंक तालिकाको पुछारमा छ ।

पराजित भएपछि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंक जोड्दै पहिलो स्थानमै छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु
भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?