प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेका जापानका उपविदेशमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गरेका छन् ।
  • प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।
  • प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

 

३ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेका जापानका उपविदेशमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गरेका छन् । प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताए । भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?