Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

सारांश

  • आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
  • नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो ।
  • उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका क्यानले जनाएको छ ।

 

१८ मंसिर, काठमाडौं ।

आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो । उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका क्यानले जनाएको छ ।

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरू गर्नेछ । बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ । आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुनेछन् । तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टि-२० विश्वकपमा छनोट हुनेछन् । ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा