Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३, २०८१
|
|
१३५ पटक हेरिएको
Shares
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली

सारांश

  • सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले १० सदस्यीय वार्ता टोली बनाएको छ ।
  • समूहको संयोजकमा सरस्वता सिंघक (सरु) चयन भएकी छन् ।
  • टोलीमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राई सदस्यका रूपमा छन् ।

३ चैत, काठमाडौं ।

सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले १० सदस्यीय वार्ता टोली बनाएको छ । समूहको संयोजकमा सरस्वता सिंघक (सरु) चयन भएकी छन् । टोलीमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राई सदस्यका रूपमा छन् ।

‘नो केवलकार’ घटकहरूले जारी गरेको विज्ञप्तिमा वार्ता टोली गठनको जानकारी दिइएको छ । सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिलाई सम्बोधन गर्दै समस्या समाधानका लागि वार्तामा बस्न आह्वान गरेको थियो ।

सरकारले गृहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ । अब आन्दोलनरत पक्ष र सरकारबीच छलफल हुन लागेको छ । जसले केवलकारको विषयमा जारी विवादको समाधान निकाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
गुल्मीमा एक पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत फेला
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने
संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने
आज विश्व रेडियो दिवस मनाइँदै
आज विश्व रेडियो दिवस मनाइँदै
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन