एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २१, २०८३
|
|
३६८ पटक हेरिएको
Shares
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

सारांश

  • अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् ।
  • नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए ।
  • उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ ।

२१ वैशाख, काठमाडौं ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ । ‘हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ बिना सम्भव छैन,’ वाग्लेले भने, ‘निर्वाचनको बेला होस् वा सरकारमा आएपछि, हाम्रो प्राथमिकतामा निजी क्षेत्र सधैं अग्रस्थानमा छ ।’ उनले उक्त लक्ष्य हासिल गर्न करिब सात वर्षको समयावधि लाग्न सक्ने उल्लेख गर्दै आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सबैमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए । उनका अनुसार अर्थतन्त्रलाई फराकिलो बनाउने र नयाँ उचाइमा पु¥याउने जिम्मेवारीमा निजी क्षेत्र प्रमुख साझेदार हो ।

अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘रोजगारी सिर्जनादेखि लिएर उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ,’ उनले भने । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने बताए । साथै, निजी क्षेत्रको विश्वास जित्दै आर्थिक सुधारका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो । सरकारले ल्याउन लागेको ‘निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन रणनीति’ मार्फत उद्योग, व्यापार र लगानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ । यसले दीर्घकालीन आर्थिक वृद्धि र स्थायित्वमा योगदान पु¥याउने विश्वास सरकारको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक
नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक
धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति
धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन