Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने

सारांश

  • नेपाली कांग्रसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ ।
  • आज हुने चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।
  • चुनावी सभा दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुर, दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ बजे बालाजुमा हुनेछ ।

१७ फागुन, काठमाडौं ।

नेपाली कांग्रसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ । आज हुने चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् । चुनावी सभा दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुर, दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ बजे बालाजुमा हुनेछ । यसैगरी, दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ ।

यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा चुनावी सभा हुनेछ । दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने छन् । काठमाडौं ९२ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् । काठमाडौं ९७ को बालाजुमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगन थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी
सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी
निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा
निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
आज ७४औँ कानुन दिवस मनाइदै
आज ७४औँ कानुन दिवस मनाइदै
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन
सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन
विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने