सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् ।
  • साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापन पत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए ।
  • मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारीसमेत दिए ।

२१ जेठ, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापन पत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए । मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारीसमेत दिए ।

सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यले नेपालको स्वच्छ ऊर्जा रूपान्तरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नवीकरणीय ऊर्जाको प्रयोगसँगै भारतबाट आयत हुने कोइलाको आयत घट्दै जाने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।

उनले जलवायु परिवर्तनले नेपालको हिमालमा समेत समस्या उत्पन्न हुँदै गएको उल्लेख गर्दै यसलाई जोगाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण हुने प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै प्रदूषण रोक्नका लागि कोइलाको आयतलाई प्रतिस्थापन गर्नुपर्ने धारणा राखेकी छिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी
सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी