स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन ७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन

सारांश

  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् ।
  • बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै यसबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागीता बढाउनुपर्ने उनको भनाइ थियो ।

७ फागुन, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै यसबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागीता बढाउनुपर्ने उनको भनाइ थियो । ‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरू पनि एउटा माध्यम हो ।

हामी सृजनशील भयौं भने नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ,’ मेयर शाहले भने, ‘पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने प्रयास गर्दै जान्छ ।’

मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको समेत बताए । ‘काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पीएल) सिंहज्यू एकदमै भिजनरी हुनुहुन्थ्यो । उहाँको भिजनमा काठमाडौंले विकासको बाटो देखेको थियो ।

उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ,’ मेयर शाहले भने, ‘उहाँको बारेमा स्कुलका नानीबाबुहरूलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ । यो ठाउँमा चाँही आज पहिलोपटक कार्यक्रम गरिएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका ९८ प्रतिशत जनताको घरमा बिजुली
देशका ९८ प्रतिशत जनताको घरमा बिजुली
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
दल दर्ताको प्रमाणपत्र लिने अवधि आज सकिंदै
दल दर्ताको प्रमाणपत्र लिने अवधि आज सकिंदै
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल
अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने