साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

सारांश

  • साउदी अरेबियाले यो वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ ।
  • समाचार एजेन्सी एएफपीको रिपोर्टमा यो दाबी गरिएको हो ।
  • हालै लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

३ मंसिर, काठमाडौं । साउदी अरेबियाले यो वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टमा यो दाबी गरिएको हो ।

हालै लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । रिपोर्टअनुसार यो वर्ष अहिलेसम्म साउदीले कुल १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । यो सन् २०२३ र २०२२ को तथ्यांकभन्दा तीन गुणा हो । सन् २०२२ र ०२३ मा ३४/३४ जनालाई मात्र मृत्युदण्ड दिइएको थियो ।

रिपोर्टअनुसार यस वर्ष मृत्युदण्डको सजाय सुनाइएका विदेशी नागरिकमा पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना छन् ।यसबाहेक सुडान, भारत र अफगानिस्तानका तीन–तीन जना र श्रीलंका, इरिट्रिया र फिलिपिन्सका एक–एक जना छन् । मानव अधिकारवादी संगठनहरूले साउदीको मृत्युदण्ड सजायको आलोचना गर्दै आएका छन् । सेप्टेम्बरमा एम्नेस्टी इन्टरनेशनलले पनि मृत्युदण्डको सजाय बढेकोमा चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
काभ्रेमा २३ प्रतिशत खानेपानी दूषित
काभ्रेमा २३ प्रतिशत खानेपानी दूषित
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी
मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै