सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १०, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर

सारांश

  • सत्तारुढ दल नेपाली कांग्रेसका १ हजार ६३ महासमिति सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।
  • ३९ केन्द्रीय सदस्यसहित १ हजार ६३ जनाको हस्ताक्षर बिहीवार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।
  • नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रस्ताव पारित गर्न भन्दै केन्द्रीय सदस्य शंकर भण्डारीले बहुमत महासमिति सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

१० फागुन, काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका १ हजार ६३ महासमिति सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।

३९ केन्द्रीय सदस्यसहित १ हजार ६३ जनाको हस्ताक्षर बिहीवार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ । नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रस्ताव पारित गर्न भन्दै केन्द्रीय सदस्य शंकर भण्डारीले बहुमत महासमिति सदस्यको हस्ताक्षर बुझाएका हुन् । ललितपुरमा जारी महासमिति बैठकको बन्दसत्रमा भण्डारीले हस्ताक्षर पार्टी सभापति देउवालाई हस्तान्तरण गरेका छन् । जसमा पूर्वमहामन्त्री डा शशांक कोइरालालगायत सदस्यले हस्ताक्षर गरेका छन् । महासमिति बैठकको बन्दसत्रमा भण्डारीलाई सम्बोधनसहित हिन्दूराष्ट्रको विषय राख्न समय दिइएको थियो ।

पार्टीका बहुमत महासमिति सदस्य र बहुसंख्यक जनताको भावनाअनुसार कांग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्नुपर्ने नेता भण्डारीले माग गरे । यसअघि २०७५ सालमा ७१७ जना महासमिति सदस्यले यस्तो हस्ताक्षर बुझाएका थिए । त्यो बेला पार्टीले हस्ताक्षर ग्रहण गरेको थिएन । यसपटक भने महासमिति बैठकमा बोल्न समय दिएर हस्ताक्षरको स्वामित्व लिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?