गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
५१ पटक हेरिएको
Shares
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलको बैठकमा मन्त्रीहरूले आफ्ना सांसदले प्रतिपक्षजस्तो व्यवहार गर्दा समस्या भएको गुनासो गरेका छन्।
  • रास्वपा सभापति रवि लामिछाने बुधबार राखेको दलको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले गुनासो गरेका हुन्।
  • ‘हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षी बलियो हुन थाल्यो,’ गृहमन्त्री गुरुङले सभापति लामिछानेलाई भनेको विषय उद्धृत गर्दै एक सहभागी नेताले नेपालखबरलाई सुनाए, ‘घरको झगडा घर भित्रै राखौं, सदनमा विरोध नगरौँ।

३ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलको बैठकमा मन्त्रीहरूले आफ्ना सांसदले प्रतिपक्षजस्तो व्यवहार गर्दा समस्या भएको गुनासो गरेका छन्। रास्वपा सभापति रवि लामिछाने बुधबार राखेको दलको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले गुनासो गरेका हुन्। ‘हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षी बलियो हुन थाल्यो,’ गृहमन्त्री गुरुङले सभापति लामिछानेलाई भनेको विषय उद्धृत गर्दै एक सहभागी नेताले नेपालखबरलाई सुनाए, ‘घरको झगडा घर भित्रै राखौं, सदनमा विरोध नगरौँ।’

गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए स्वकीय सचिव जेम्स कार्कीलाई टिपाउन गुरुङले आग्रह गरेको उनले बताए। ‘गृह मन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई भेटेर टिपाउनुहोला,’ गुरुङको भनाइ थियो।  छलफलको सुरुवात गर्दै सभापति लामिछानेले सांसदहरूलाई मर्यादमा रहन निर्देशन दिएका थिए।  संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हो। रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह भने बैठकमै गएनन्।  उनलाई प्रधानमन्त्री बनाउन दलको नेता बनाइएको बैठकमा बाहेक उनले अहिलेसम्म दलको बैठक राखेका छैनन् र सहभागि पनि भएका छैनन्। पार्टीभित्रैबाट सरकारको तीव्र आलोचना हुन थालेपछि सभापति लामिछाने संसदीय दलभित्र समेत सक्रिय हुन थालेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने
एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना