बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
१०५ पटक हेरिएको
Shares
बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण

सारांश

  •   पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १०४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ ।
  • गाउँपालिकाले वडा १ का ४३ जना, वडा २ का ३० जना र वडा ६ का ३१ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
  • वडा ६ मा कात्तिक २६ गते र वडा १ तथा २ मा कार्तिक २७ गते लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

२८ कात्तिक,मकवानपुर । 

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १०४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ । गाउँपालिकाले वडा १ का ४३ जना, वडा २ का ३० जना र वडा ६ का ३१ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो । वडा ६ मा कात्तिक २६ गते र वडा १ तथा २ मा कार्तिक २७ गते लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीलगायतका प्रतिनिधिहरूले लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो ।

लालपुर्जा वितरण गर्दै अध्यक्ष घलानले भूमि अधिकार हरेक नागरिकको आधारभूत हक भएको भन्दै भूमिहीन, दलित तथा सुकुम्वासी परिवारलाई सुरक्षित बसोबास सुनिश्चित गर्न यो कदम चालिएको बताउनुभयो । साथै, गाउँपालिकाले विद्युत्, सडक, खेलकुद, स्वास्थ्य र शिक्षालगायत विकासका क्षेत्रमा समान प्राथमिकता दिइरहेको उल्लेख गर्नुभयो । पालिकाले हालसम्म तीन चरणमा १५४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिसकेको छ । पालिकाले १, २, ३, ४, ५ र ६ नं. वडामा जग्गाको नाप जाँच गरी जग्गाधनी पुर्जा वितरण गरेको स्थानीय विवेक सिङ्तानले जानकारी दिनुभयो । पालिकाले बाँकी रहेको ७ र ९ नं. वडामा पनि धमाधम जग्गाको नाप जाँच कार्य गरिरहेको छ । जग्गाधनी पुर्जा नहुँदा बैक तथा वित्तीय प्रयोजन तथा अन्य कामका लागि भोग्दै आएको समस्या घट्ने भएपछि जग्गाधनी पुर्जा पाएसँगै यहाँका स्थानीयवासी खुसी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
वनका कर्मचारी प्रदेशमै समायोजन हुने
वनका कर्मचारी प्रदेशमै समायोजन हुने
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल
संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...