नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
१४ पटक हेरिएको
Shares
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने

सारांश

  • नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ।
  • नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ ।

२९ जेठ, काठमाडौं ।

नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ। नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ ।

आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा टी२० शृंखला हुनेछ । क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी२०आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो । यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ। विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ । क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ। यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी-२० शृंखला खेलेको थियो ।

खेल तालिका:

पहिलो खेल : २७ सेप्टेम्बर २०२५

दोस्रो खेल : २८ सेप्टेम्बर २०२५

तेस्रो खेल : ३० सेप्टेम्बर २०२५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?