सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज देखि सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन्।
  • ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
  • बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासीस्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भए।

२३ फागुन  सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज देखि सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन्। ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासीस्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भए। त्यसपछि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र जनसभा सुरू भएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिए।

आज सर्लाहीमा नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौललगायतका एक दर्जनभन्दा बढी स्थानमा सभा र छलफल कार्यक्रम आयोजना गरिएको छ। अभियानलाई लक्षित गरी पूर्व–पश्चिम हुलाकी सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको छ। सर्लाहीको कार्यक्रम सकेर प्रचण्डसहितका नेताहरू आजै साँझ रौतहट प्रस्थान गर्ने तय भएको इन्चार्ज काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन
जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय
राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
लागू औषधसहित महिला पक्राउ
लागू औषधसहित महिला पक्राउ
प्रि ओपन सेसनमा १.९१ अंकले बढ्यो नेप्से
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो।