इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा २२ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
७९ पटक हेरिएको
Shares
इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा  २२ जनाको मृत्यु

सारांश

  • लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको र ११७ जना घाइते भएको दाबी गरेको छ।
  • बीबीसी संवाददाताहरूले राजधानी बेरुतको सिया बहुल क्षेत्र बाचौराबाट ठूलो विस्फोटको आवाज सुनिएको बताएका छन्।
  • राहत र उद्धारकर्मीहरूले यहाँ भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिएको छ।

 

२५ असोज, इजरायलले लेबनानमा फेरि आक्रमण गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको र ११७ जना घाइते भएको दाबी गरेको छ।

बीबीसी संवाददाताहरूले राजधानी बेरुतको सिया बहुल क्षेत्र बाचौराबाट ठूलो विस्फोटको आवाज सुनिएको बताएका छन्।राहत र उद्धारकर्मीहरूले यहाँ भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिएको छ। आक्रमणपछि धेरै एम्बुलेन्स अमेरिकन युनिभर्सिटी अस्पतालतर्फ गइरहेका देखिएका छन्। एम्बुलेन्समा घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?