खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा

सारांश

  •   खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
  • जेन जीहरुको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।
  • उक्त आन्दोलनमा सोमबार १९ जनाले ज्यान गुमाएका थिए ।

२३ भदौ, काठमाडौं । 

खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन जीहरुको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । उक्त आन्दोलनमा सोमबार १९ जनाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो Gen z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?