मोर्चा गठन गर्न सिंहदरबारमा मधेसी दलको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
मोर्चा गठन गर्न सिंहदरबारमा मधेसी दलको बैठक बस्दै

सारांश

  • मधेसवादी दलका बिचमा सहकार्य र मोर्चाबन्दीका लागि आज कार्यदलहरूको बैठक बस्ने भएको छ ।
  • सिंहदरबारमा बस्न गइरहेको बैठकमा मधेस केन्द्रित आठवटा दलको सहभागिता रहने बताइएको छ ।
  • बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।

१७ माघ, काठमाडौँ ।

मधेसवादी दलका बिचमा सहकार्य र मोर्चाबन्दीका लागि आज कार्यदलहरूको बैठक बस्ने भएको छ । सिंहदरबारमा बस्न गइरहेको बैठकमा मधेस केन्द्रित आठवटा दलको सहभागिता रहने बताइएको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।

जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको छ ।

बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टीलाई बोलाइएको जसपा नेपालले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टा छुट्टै वार्ता समिति गठन गरेका छन् ।

गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । त्यो दिनको बैठकले मोर्चा बन्दी वा सहकार्यका लागि साझा दस्ताबेज बनाउने सहमति भएको थियो । हरेक दलबाट एक–एक जना राखेर दस्ताबेज बनाउने कार्यदल गठन गर्ने सहमति गरेको थियो । ती विषयहरूमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै
नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस 
यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस 
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
नो–पार्किङमा राखिएको सरकारी मोटरसाइकल ट्राफिकको कारबाहीमा
नो–पार्किङमा राखिएको सरकारी मोटरसाइकल ट्राफिकको कारबाहीमा
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते