Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

सारांश

  • सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार काठमाडौंका लागि छुटेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल खसेको थियो ।
  • दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

१७ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार काठमाडौंका लागि छुटेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ‘चार घाइतेलाई उपचार्थ धुलिखेल अस्पताल रिफर गरिएको छ, अहिले ती घाइतेको अवस्था सुधारोन्मुख देखिएको छ,’ इन्सपेक्टर यादवले भने । उक्त कारका चालक मृतक महर्जन रहेको उनले बताए ।

दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका–२ की ३७ वर्षीया संगिता बराईली, उनकी ८ वर्षीया छोरी युशा बराईली, रामेछापको गोकुलगंगा गाउँपालिका–१ की ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका–७ का १४ वर्षीय प्रमोद महर्जन घाइते छन् । उनीहरु चारैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको खाडीचौरमा प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन समिति गठन
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन समिति गठन
विश्व कविता दिवसमा कविता प्रतियोगिता
विश्व कविता दिवसमा कविता प्रतियोगिता
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु
क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश